बाल कथा(मुना)
"मुना! ए मुना! छोरी यहाँ आउ त।"आमाले मुनालाई बोलाइन। मुना हस्याङ-फस्याङ गर्दै दौडिएर आउँछे। "आमा हजुरले मलाई किन बोलाउनु भएको?"मुनाले आमालाई सोध्छिन्। "किन हुनु नि!आज म खेतमा जानुपर्ने भयो तिमिले भाइलाई लिएर स्कुल जाऊ ल!हुन्छ नि आमा।म भाइलाई लिएर स्कुल जान्छु।" बिचरा मुनाका बाबु पोहोर साल मात्रै मरेका हुन् रे।कहिल्यै निको नहुने रोगले थला परेका थिए मुनाका बाउ।वैदेशिक रोजगारबाट फर्केका मुनाका बाउ असाध्य मिहिनेती र परिश्रमी थिए।अब गाउँमै बसेर जसोतसो गुजारा गरौंला भन्ने उद्देश्यले नेपाल फर्केका उनी एक्कासि रोगले च्याप्दै लगेर मृत्युको मुखमा पुगे।उता मुनापनि असाध्यै जेहेन्दार र अनुशासित विद्यार्थी थिइन् ।गाउँकै आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्थी मुना।उसको भाइपनि भरखरै बालकक्षामा पढ्थ्यो। गाउँघरमा अक्सर मान्छेहरु बिहानपख खेतबारीमा तल्लीन हुन्छन्।भदौको महिना उखपात गर्मी थियो।मुनाकी आमा खेतमा धान गोड्नु पर्यो भनेर एकाबिहानै खेतमा निस्किन।उता मुनाले बिहानको खाना खाएर स्कुल जान तयारी गर्दैथिइ।त्यतिबेला मानिसहारुको घचारो सडकमा बाक्लै थियो।मेला भर्न जाने र यात्रामा...